Logo

अर्थ

सेयरधनीलाई लाभांश लिन आउन कृषि विकास बैंकको आग्रह



काठमाडौं । कृषि विकास बैंकले विभिन्न आर्थिक वर्षको नगद लाभांश प्राप्त गर्न बाँकी सेयरधनीहरुलाई उक्त रकम बुझिलिन आग्रह गरेको छ । बैंकले सूचना जारी गर्ने यस्तो जानकारी गराएको हो ।

बैंकले लाभांश लिन बाँकी सेयरधनीहरुले बैंकको रजिष्ट्रार एनआइएमबि एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

लाभांश लिन बाँकी सेयरधनीहरुको विवरण सेयर रजिष्ट्रारको वेवसाइटमा हेर्न सकिन्छ । यस्तै, बैंकले अहिलेसम्म नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न पनि भनेको छ । खाता अपडेट गरेपछि मात्र नगद लाभांश पाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार १२:१०   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।