काठमाडौं । आज सेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३०६ कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८३ प्रतिशतका दरले कमाएका छन् । माइ खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.६५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.५१ प्रतिशतका दरले गुमाएका छन् ।




















प्रतिक्रिया