काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुनकाे मूल्य ताेलामा ६०० रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार छापावाल सुन तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको छ । मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियाे। यसअघि तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको थियो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य चाहिँ तोलामा रु ५ बढेको छ ।
मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ८२० रुपैयाँमा कारोबार भएको हो ।




















प्रतिक्रिया