काठमाडौं । वाणिज्य बैंकले १० महिनामा ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वाणिज्य बैंकले उक्त नाफा कमाएका हुन् ।
२० वाणिज्य बैंकमध्ये चालू वर्षको १० महिनामा सबैभन्दा बढी नबिल बैंकले ५ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएकाे छ । सबैभन्दा कम नेपाल बैंकले ५९ करोड रुपैयाँ मात्रै खुद नाफा कमाउन सकेको हो ।
धेरै नाफा कमाउने दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले १० महिनामा ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
त्यस्तै, तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यसले ३ अर्ब ७७ करोड रुपैयाँ नाफा कमाएको छ ।
साथै, प्राइम कमर्सियल बैंकले ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ । यसअवधिमा यी ४ बाहेक ८ बैंकको खुद नाफा २ अर्ब रुपैयाँभन्दा धेरै छ । ७ बैंकको नाफा १ अर्बभन्दा माथि छ ।




















प्रतिक्रिया