Logo

प्रमुख समाचार

संसदमा केसीको कविता, सरकारप्रति व्यङ्ग्य



काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारलाई कवितामार्फत व्यङ्ग्य गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा केसीले सरकारका कामकारबाहीप्रति कवितामार्फत व्यङ्ग्य गरेका हुन् ।

यस्तो छ केसीले वाचन गरेको कविता :

न राज्य नीतिले चल्छ न विधि न त पद्धति
शीर्षस्थ सिन्डिकेटको राज थपिँदै नवसम्मति ।
संसद्को सार्वभौमिकता मिचियो लोकसम्मती
हरायो लौन खोजी पाउँ शून्यमा शून्यको गति ।
सांसद संसदमा बोल्छन् संवोधन हुन्न केही पनि
गर्जन हुन्छ बिचबिचमा थोपै बर्सन्न तैपनि ।
काण्डै काण्ड महाकाण्ड,खोइ छानबिन प्रतिवेदन ।
किन ल्याइन्न संसदमा स्वार्थ हो डर हो किन ?

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार १२:२९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।