काठमाडाैं । आज सुनको मूल्य स्थिर रहेकाे छ । गत शुक्रबार प्रतितोला १८ सय रुपैयाँले बढेको थियाे ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमै कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार रुपैयाँनै कायम थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भईरहेको छ ।




















प्रतिक्रिया