काठमाडौं । वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । बैंकहरुले आगामी आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन)का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
२० वाणिज्य बैंक मध्ये दुई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने १३ ले घटाएका छन् । बाँकी ५ बैंकको ब्याजदर स्थिर रहेकाे छ ।
असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.९१ प्रतिशत रहेकोमा साउनमा घटेर ६. ७३ प्रतिशतमा पुगेकाे छ ।
असारको तुलनामा साउनमा कृषि विकास बैंक र एभरेष्ट बैंकले ब्याजदर केही बढाएका छन् । त्यस्तै नेपाल एसबीआई, लक्ष्मी सनराइज, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र स्टान्डर्ड चार्टर्डले स्थिर राखेका छन् ।
यी बाहेकका १३ वटा बैंकहरुले भने ब्याजदर घटाएका छन् ।
कृषि विकास बैंकको ब्याजदर ६.२९, एभरेस्ट बैंकको ६.३ प्रतिशत ब्याजदर कायम भएको छ ।
यस्तै, नेपाल एसबीआई बैंकको ६.३, लक्ष्मी सनराइज बैंकको ६.५, नबिलको ७, इन्भेस्टमेन्ट मेगाको ७ र स्टान्डर्ड चार्टर्डको ७ प्रतिशत ब्याजदर कायम भएको छ ।
यस्तै, राष्ट्रिय बाणिज्य बैंकको ६.२१, ग्लोबल आईएमईको ६.२५, कुमारीको ६.७१, प्राइमको ६.५, नेपाल बैंकको ६.२५, सानिमाको ६.४ प्रतिशत ब्याजदर कायम भएको छ । यसैगरी सिटिजन्सको ६.७५, सिद्धार्थको ६.७५, माछापुच्छ्रेको ७, प्रभुको ७ प्रतिशत ब्याजदर कायम भएको छ ।
यस्तै एनएमबिको ७.५३, एनआईसी एसियाको ७.५३, हिमालयको ७.५ प्रतिशत ब्याजदर कायम भएको छ ।





















प्रतिक्रिया