Logo

अर्थ

बैंकिङ प्रणालीबाट थप ५० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बुधबार निक्षेप संकलन बोलकबोल मार्फत तरलता खिच्न लागेको हो ।

स्थायी निक्षेप सुविधा मार्फत निरन्तर तरलता खिचिरहेको केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट खिच्दै छ ।

नेपाल राष्ट्र बैंकको १ साउनको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा बढी भएको ३ खर्ब ७३ अर्ब तरलता खिचिएको छ । उक्त तरलता खिच्दा बैंकहरूले कायम गर्नुपर्ने ४ प्रतिशत अनिवार्य नगद मौज्दातको ३० प्रतिशत बैंकमा नै राख्न पाउने रकम समेत १ खर्ब रुपैयाँ अधिक तरलता छ ।

बुधबार २१ दिन अवधिको लागि ५० अर्ब तरलता खिच्ने भएको हो । उक्त निक्षेप संलकन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार १३:०४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।