Logo

अर्थ

सेयर बजारको उकालो यात्रा जारी, साढे १५ अर्बभन्दा बढीको कारोबार



काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार भारी अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.६८ अंकले बढेर २४२४.२३ को विन्दुमा बन्द भएको छ ।

यसदिन १५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको ३ करोड ९९ लाख कित्ता सेयर किनबेच भएको छ । अर्थमन्त्री विष्णु पौडेल सोमबार अर्थमन्त्रीमा नियुक्त भएको दिन नेप्से घटेपनि त्यसपछिको तीन दिन भने लगातार वृद्धि भएको हो ।

यसक्रममा आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, थ्री स्टार हाइड्रोपावर, प्रभु बैंक, कुमारी बैंक र रिभर फल्स पावरको सेयर मूल्य उच्च अंकले बढेको नेप्सेले जनाएको छ ।

यसैगरी कारोबार भएका १३ वटा उपसूचकमध्ये २ वटा समूहको सूचक भने घटेका छन् । आज वित्त र हाइड्रोपावर समूहको सूचक घटेका हुन् । यसबाहेक सबै समूहको सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा कम्पनी समूहको र निर्जीवन बीमा कम्पनी समूहको सूचक बढेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १५:२५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।