काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार प्रमुख महेश बरालले पाएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार नियुक्ति पत्र हस्तान्तरण गर्दै बराललाई बोर्डको जिम्मेवारी सुम्पिएका हुन् ।
बरालले बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरी बोर्डमा पदबहाली भएका छन् । अर्थ मन्त्रालयको साउन २ गतेको निर्णयअनुसार उनी बोर्डको सञ्चालक सदस्य तथा अध्यक्ष बनेका हुन् ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उनी अध्यक्ष भएका हुन् ।
गत पुसमा रमेशकुमार हमाल बाहिरिएसँगै हालसम्म धितोपत्र बोर्ड नेतृत्वविहीन अवस्थामा छ ।




















प्रतिक्रिया