Logo

अर्थ

६१ अंकले बढ्यो सेयर बजार, १५ अर्ब बढीको कारोबार



काठमाडौं । सेयर बजारमा निरन्तर रौनक देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउने दिन नेप्से परिसूचक २५ सय अंक आसपास पुगेको थियो । तर, अन्तिम समयमा ६१.६१ अंकको वृद्धिसँगै आइतबार परिसूचक २४८८.९४ अंकमा पुगेर रोकिएको छ ।

आइतबार १५ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज १८१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर छ ।

परिसूचक बढ्दा ९ वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ । यसमध्ये २ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लाग्दा ७ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

आइतबार कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ । आज सबैभन्दा धेरै होटल समूहको सूचक २५९ अंकले र व्यापार समूहको सूचक २३० अंकले बढेको छ । यस्तै उत्पादनमूलक उद्योग समूहको सूचक २१३ अंकले बढेको छ । यसबाहेक जीवन बीमा समूहको सूचक १७४ अंकले बढेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आईतवार १५:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।