Logo

अर्थ

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनकै कायम हुँदै १ लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि अघिल्लो दिनको मूल्य नै प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलवार ११:११   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।