Logo

अर्थ

११ सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ थियो ।

बुधबार चाँदी पनि महँगिएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ११:१७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।