काठमाडौं । आज बिहीबार सुनको मूल्य एकैदिन प्रतितोला २४ सय रुपैयाँले घटेको छ ।
आज सुनकाे मूल्य प्रतिताेला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
बुधबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँ थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम छ ।
चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेकाे छ । हिजो बुधबार तोलामा १८ सय ५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया