काठमाडौं । नेपाल राष्ट्र बैंकले कम्तीमा ७ महिनाका लागि वस्तु तथा आयाात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य रहेको बताएकाे छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै पछिल्लो समय विदेशी विनिमय सञ्चिति बढिरहे पनि ७ महिनाको आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चित गर्ने लक्ष्य रहेको बताएका हुन् ।
गत जेठसम्म सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेपछि १२औं पटक फेरि नयाँ कीर्तिमान बनेको थियो । यो सञ्चितिले १५.१ महिना वस्तु र १२.६ महिना वस्तु तथा सेवा आयात धान्न पुग्ने दाबी राष्ट्र बैंकको थियो ।




















प्रतिक्रिया