Logo

अर्थ

मौद्रिक नीति : विदेशी मुद्रा सटही सुविधाको विद्यमान सीमा वृद्धि



काठमाडौं ।  नेपाल राष्ट्र बैंकले वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधा बढाएको छ । अब वस्तु आयात गर्दा ५० हजार अमेरिकी डलर सुविधा पाउने भएको हो । यसअघि ३५ हजार अमेरिकी डलर मात्रै उपलब्ध थियो ।

मौद्रिक नीतिमार्फत राहदानीवापत उपलब्ध हुने विदेशी मुद्रा सटही सुविधासम्बन्धी विद्यमान व्यवस्थामा सहजीकरण गर्ने उद्घोष गरेको छ ।

‘ड्राफ्ट/टी.टी. को माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम गरिने,’ मौद्रिक नीतिमा उल्लेख छ । ‘डकुमेन्ट अगेन्टस् पेमेन्ट’ र ‘डकुमेन्ट अगेन्ट्स् एसेप्टेन्स’को माध्यमबाट आयात गर्न सकिने विद्यमान सीमा अमेरिकी डलर ६० हजारबाट वृद्धि गरी अमेरिकी डलर एक लाख कायम गर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १४:१९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।