Logo

अर्थ

राइड सेयरिङको विरोधमा गण्डकीमा सार्वजनिक यातायात बन्द



कास्की । मुलुकको पर्यटकीय राजधानी पोखरामा आइतबार बिहानदेखि सार्वजनिक यातायात ठप्प पारिएको छ । बस, ट्याक्सी, जीपसहित यात्रुवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले सार्वजनिक यातायात ठप्प गराएका हुन् ।

उक्त महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको सातबुँदे मागमा सम्बन्धित पक्षले चासो नदिएपछि प्रदेशभर सार्वजनिक यातायात बन्द गरिएको जानकारी दिए ।

यातायात व्यवसायीले यातायात प्राविधिकीकरण गठन गरी सञ्चालनको कार्यविधि, यातायात, मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकूल समायोजन, सडक सुरक्षा योजना लागु गर्नुपर्नेलगायत माग सरकारसँग राखेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आईतवार १४:२४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।