Logo

अर्थ

दोहोरो अंकले घट्यो सेयर बजार, साढे १९ अर्ब नाघ्यो कारोबार



काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेकाे छ । आज परिसूचक नेप्से २०.६३ अंक घटेर २६६० अंकमा झरेको छ ।

कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक २७३५ अंकसम्म पुगेको थियो ।

बजार घट्दा कारोबार रकम भने उच्च भएको छ । १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । ७० कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ४ को स्थिर रह्यो ।

नेपाल फाइनान्स, मन्दाकिनी हाइड्रो, बाराही हाइड्रो, जानकी फाइनान्स, गणपति लघुवित्त उच्च कमाउने शीर्ष कम्पनीमा परेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार १५:२६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।