काठमाडौं । मंगलबार सेयर बजार २७०० अंक नजिक पुगेको छ । आज बजार ३५.५५ अंक बढेर नेप्से परिसूचक २६९६ अंकमा पुगेको छ ।
कुल १७ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । १८९ कम्पनीको सेयर मूल्य बढ्दा ४७ को घट्यो भने ६ को स्थिर रहेकाे छ ।
आज १३ उपसमूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने ४ समूहको परिसूचक घटेको छ ।
आज हिमालयन रिइन्स्योरेन्सकाे सार्वधिक कारोबार भएकाे छ । यस कम्पनीकाे ६० करोड १० लाख रुपैयाँकाे काराेबार भएकाे छ ।
शिवम सिमेन्ट ३७ करोड ६७ लाख रुपैयाँ, सोल्टी होटल ३६ करोड ४३ लाख रुपैयाँ, नेपाल फाइनान्स ३५ करोड ३८ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावर २७ करोड ७६ लाख रुपैयाँ, सीईडीबी हाइड्रोपावर २७ करोड ६४ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंक २५ करोड ९७ लाख रुपैयाँ, कुमारी बैंक २५ करोड ३९ लाख रुपैयाँ, पाल पुनर्बीमा कम्पनी २४ करोड ३३ लाख रुपैयाँ र ङादी ग्रुप पावर २४ करोड ८ लाख रुपैयाँकाे कारोबार भएकाे छ ।




















प्रतिक्रिया