Logo

अर्थ

प्रभु बैंक र र्‍याडिसन होटलबीच छुट सम्झौता



काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले राजधानीको लाजिम्पाटस्थित–याडिसन होटलका विभिन्न सेवाहरूमा विशेष छुट पाउने गरी सम्झौता भएको छ ।

होटलमा एक समारोहका बीच सम्पन्न सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा –याडिसन होटलका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभुका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सप, ट्रानक्युलिटी स्पाका साथै होटलले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरूबाट १० देखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार १५:३४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।