Logo

अर्थ

सेयर कारोबारमा बन्यो नयाँ रेकर्ड, २१ अर्ब ९१ करोडको कारोबार



काठमाडौं । बुधबार सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड बनेको छ । यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो ।

बुधबार सेयर बजारको परिसूचक नेप्से ६४.२५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७६०.९० अंकमा कायम भएको छ ।

१९१ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ७ को स्थिर रहेकाे छ । आज सबै क्षेत्रका सूचक बढेका छन् ।

आज हिमालयन रिइन्स्योरेन्सकाे सार्वधिक कारोबार भएकाे छ । यस कम्पनीकाे ८४ करोड ४९ लाख रुपैयाँकाे काराेबार भएकाे छ ।

माउन्टेन इनर्जी ४१ करोड ९ लाख रुपैयाँ, शिवम सिमेन्ट ४० करोड ९ लाख रुपैयाँ, नेपाल फाइनान्स ३८ करोड ९४ लाख रुपैयाँ, अपी पावर ३७ करोड ८२ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट ३० करोड २१ लाख रुपैयाँ, नागरिक लगानी कोष २९ करोड ८० लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर २९ करोड ६३ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर २८ करोड ६४ लाख रुपैयाँ र सीईडीबी हाइड्रोपावर २७ करोड ८८ लाख रुपैयाँकाे सार्वधिक कारोबार भएकाे छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार १५:२४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।