काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक वित्तीय स्थितिअनुसार कम्पनीको खुद नाफा ४.५ प्रतिशत घटेको छ ।
बैंकको खुद नाफा र ब्याज आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब ३० करोड ८९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशत बढेको छ ।
त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ७.५३ प्रतिशत र सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेको छ ।
बैंकको नाफामा सामान्य गिरावट आउँदा प्रतिसेयर आम्दानी केही घटेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७५ पैसा रहेकोमा अहिले ३५ रुपैयाँ ९ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ छ । आधार दर जम्मा ६. ६ प्रतिशत छ ।
असार मसान्तसम्म वितरणयोग्य नाफा २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ छ । चुक्ता पूँजी ९ अर्ब ४२ करोड रहेको कम्पनीको प्रतिसेयर वितरण गर्न मिल्ने नाफा २६ रुपैयाँ ५० पैसा हुन आउँछ । जगेडा कोषमा ११ अर्ब १३ करोड रुपैयाँ छ ।




















प्रतिक्रिया