काठमाडौं । सोमबार सेयर बजार ४०.७६ अंकले बढेको छ । नेप्से परिसूचक १.४७ प्रतिशतले बढेर २७९६.३८ को विन्दुमा पुगेको हो ।
आज कुल २१ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
१६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १ को स्थिर रहेकाे छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रका कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस क्षेत्रको समूहगत सूचक ६.६९ प्रतिशतले बढेको छ ।
यस्तै, ‘अन्य’ तथा व्यापार क्षेत्र पाँच प्रतिशतले बढेको छ भने, हाइड्रो, इन्भेस्टमेन्ट र जीवन बिमा क्षेत्रको समूहगत सूचक पनि तीन–तीन प्रतिशतले बढेको छ ।
निर्जीवन बिमा क्षेत्र एक प्रतिशतले बढ्दा अन्य ६ उपसमूहको समूहगत परिसूचक घटेको छ ।




















प्रतिक्रिया