Logo

अर्थ

तोलामै २३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । मंगलबार सुनकाे मूल्य २ हजार ३०० रुपैयाँ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

मंगलबार छापावाल सुन १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको थियाे ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४७ हजार रुपैयाँ कायम हुँदा चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७८५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार ११:२६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।