काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार सुनकाे मूल्य ३ सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन तोलाको १ लाख ४६ हजार ६ सयमा कारोबार भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । यस्तै चाँदी तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया