Logo

अर्थ

टाटा ‘एक्सप्रेस–टी’ ट्याक्सीको फास्ट चार्जर खाडीचौरमा



काठमाडौं । टाटा मोटर्सको ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा सञ्चालनमा आएको छ ।

ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी चार्जिङ स्टेसन थप गरिएको हो । ग्राहक सुविधाहरू थप तथा सेवा सञ्जाल विस्तार कार्यअन्तर्गत सेवालाई परिस्कृत पारिएको कम्पनीले जनाएको छ ।

नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बुट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी रोजाइमा परेको कम्पनीले जनाएको छ । ‘एक्सप्रेस–टी’ मा एक वर्षको गाडीको बिमा, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, साथै १६०,००० किमीसम्मको ब्याट्री र मोटरमा वारेन्टीको सुविधाहरु रहेको कम्पनीको भनाइ छ ।

खाडीचौरको साथै बालकुमारी, भक्तपुर, गोंगबु, कपनमा पनि ‘एक्सप्रेस–टी’ को लागि फास्ट चार्जरको व्यवस्था छ । र छिट्टै दुधौली कटारीमा पनि ट्याक्सीको लागि फास्ट चार्जर राख्ने प्रक्रिया सुरु भइसकेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार ११:३५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।