Logo

अर्थ

काठमाडौं महानगरद्वारा महिला भलिबल टोली महिलालाई १-१ लाख नगदसहित सम्मान



काठमाडौं । काभा नेसन्स लिगको उपविजेता नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई काठमाडौं महानगरपालिकाले १-१ लाखसहित सम्मान गरेको छ ।

महानगरले बिहीबार नेपाली टिमका सबै सदस्यलाई समान १ लाख रुपैयाँसहित सम्मान गरेको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

नेपाल दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा ३-२ ले पराजित भएको थियो । फाइनल हेर्न महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल पनि उपस्थित थिए ।

टोलीमा रहेका १४ खेलाडी र प्रशिक्षक जगदीश भट्टलाई १-१ लाख पुरस्कार प्रदान गरेको हो । सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरले ५०-५० हजार प्राप्त गरे ।

टोली : अरुणा शाही(कप्तान), सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, पुनम चन्द, संगम महतो, कविता भट्ट, सलिना श्रेष्ठ, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन, आरती सुवेदी, सुमित्रा रेग्मी ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार १३:५३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।