Logo

अर्थ

नेप्से ६.७ अंकले बढ्यो, २० अर्ब नाघ्यो सेयर कारोबार



काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य वृद्धि भएकाे छ । नेप्से परिसूचक ६.७ अंक बढेर २७६६ अंकमा कायम भएको छ ।

आज  २० अर्ब ७ करोडको कारोबार भएको छ । ७९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ४ को स्थिर रहेकाे छ ।

आज ७ कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ । कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेकाे हाे ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार १५:२१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।