काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा एप पुनः प्लेस्टोरमा उपलब्ध भएकाे छ । अहिले इसेवा प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनी बनेको इसेवाले जनाएकाे छ । गत वैशाख २८ गते नै कम्पनी लिमिटेड बनेको इसेवाले जनाएकाे हाे ।
यसबीच कम्पनीले सोही नाम गुगल प्ले स्टोरमा समेत अपडेट गरेको छ । नयाँ नाम अपडेट गर्ने क्रममा इसेवा छोटो समयका लागि गुगल प्ले स्टोरमा उपलब्ध नभएको कम्पनीले जानकारी दिएको छ ।
इसेवा स्थापना भएको बेला गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रालि थियो । कम्पनी लिमिटेडमा रूपान्तरण भएपछि इसेवाको बिजनेस भेरिफिकेसन गर्न समय लागेको कम्पनीले जनाएको छ ।
नाम परिवर्तन प्रक्रिया भइरहँदा गुगलको सिस्टममा भएको र डुन्स (डीयूएनएस) नम्बरमा भएको विवरण भिन्न देखिएकोले गुगलले प्ले स्टोरमा अस्थाई समयको लागि उपलब्ध नगराएको इसेवाले जनाएको छ ।
अहिले सो प्रक्रिया पूरा भइसकेकोले इसेवा पुनः प्ले स्टोरमा उपलब्ध भइसेकेको र अन्य कुनै समस्या नरहेको कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया