Logo

अर्थ

नागरिक लगानी कोषको नाफा घट्यो, प्रति सेयर आम्दानी कति?



काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत कम हो ।

अघिल्लो वर्ष कोषले १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । खर्च र करको रकम बढ्दा नाफामा दबाब परेको हो ।

यसको खुद ब्याज आम्दानी भने १९.५५ प्रतिशत बढेर ४४ करोड २५ लाख पुगेको छ ।

त्यस्तै, प्रतिसेयर आम्दानी २०.७५ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ भने १७१.४५ रुपैयाँ छ । चक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको कोषको जगेडामा १८ अर्ब १५ करोड रुपैयाँ जम्मा रहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार ११:०१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।