Logo

अर्थ

ग्लोबल आइएमई लघुवित्तको नाफा ४६ प्रतिशतले वृद्धि, ईपीएस कति?



काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १४ करोड १६ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.८० प्रतिशत बढेकाे हाे ।

अघिल्लो वर्ष कम्पनीले ९ करोड ६५ लाख १३ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी ३५.८७ प्रतिशतले बढेर ६३ करोड ३४ लाख ७७ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ४६ करोड ६२ लाख ४४ हजार रुपैयाँ थियो ।

त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी पनि ३६.५९ प्रतिशतले बढेर ७३ करोड ५२ लाख १९ हजार रुपैयाँ पुगको छ । जुन अघिल्लो वर्ष ५३ करोड ८२ लाख ५७ हजार रुपैयाँ थियो ।

गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज ७ करोड २१ लाख ४६ हजार रुपैयाँबाट १४१.८२ प्रतिशतले बढेर १७ करोड ४४ लाख ६७ हजार रुपैयाँ पुगेको छ । ६ करोड ४७ लाख ७५ हजार वितरणयोग्य नाफा रहेको यस कम्पनीको गत वर्ष सञ्चालन नाफा ४६.९१ प्रतिशतले बढेर २० करोड ३७ लाख ५० हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष १३ करोड ८६ लाख ९३ रुपैयाँ मात्रै थियो ।

६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषको आकार १३.४७ प्रतिशतले बढेर ५१ करोड ५१ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि १५ रुपैयाँ ५९ पैसाबाट बढेर २२ रुपैयाँ ८९ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ २४ पैसा, मूल्य आम्दानी अनुपात ५९.६३ गुणा र तरलता अनुपात ४.५६ प्रतिशत छ । कम्पनीको खराब कर्जा ४.३० प्रतिशतबाट घटेर ३.९० प्रतिशतमा झरेको छ ।

गत वर्ष कम्पनको ग्राहकमा प्रवाह गर्ने कर्जा १७.३७ प्रतिशतले बढेर ८ अर्ब ५२ करोड ५१ लाख ९७ हजार रुपैयाँ पुगेको छ भने निक्षेप संकलन १.६१ प्रतिशतले घटेर ३ अर्ब ७ करोड ४ लाख ९० हजार रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार ११:०६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।