Logo

अर्थ

२७ अर्ब नाघ्यो सेयर कारोबार, नेप्से पनि २९०० माथि



काठमाडौं । सेयर कारोबार रकममा अघिल्लो दिन बनेको उच्च रेकर्ड सोमबार नै तोडिएको छ । यस दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो ।

सोमबार बजार ७०.८१ अंक बढेर नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक ३० महिनायताकै अर्थात २०७८ माघयताकै उच्च हो ।

आज कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ घटेकाे छ भने ३ को स्थिर रहेकाे छ । १३ उपसमूहमध्ये यसदिन ११ उपसमूहको सूचक बढेको छ भने २ उपसमूहको सूचक घटेको छ ।

आज सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट, रसुवागढी हाइड्रोपावर,स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन,शुभम पावर लिमिटेड, भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै आज सगरमाथा जलविद्युत कम्पनी लिमिटेड ९.९९ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरले ९.९९ प्रतिशत, नेशनल हाइड्रो पावर ९.९९ प्रतिशत‍ कमाएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १५:२२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।