Logo

अर्थ

सहकारी छानबिन समितिले सुमेरु सहकारीका सिंहसँग लियो बयान



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले हिनामिना प्रकरणमा जोडिएका सहकारी सञ्चालकसँग सोमबार पनि बयान लिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सुमेरु बचत तथा ऋण सहकारी संस्थामा आवद्ध राजबहादुर सिंहसँग बयान लिएको हो ।

समितिको कार्यादेशमा रहेको समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका सहकारी संस्थामध्ये उक्त सहकारी अनुसूची २ को आठौँ नम्बरमा रहेको छ । सो क्रममा समितिले बचतकर्ताको रकम हिनामिनाबारे प्रश्न गरेको थियो । जवाफमा सिंहले बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए ।

सहकारी हिनामिना प्रकरणमा जोडिएका अन्यसँग पनि छलफल गरेर निष्कर्षमा पुग्ने समितिको तयारी छ । छलफलका साथै समितिले प्रतिवेदन मस्यौदाको कामलाई पनि अघि बढाएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १६:५८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।