Logo

अर्थ

सीजी मोटर्सद्वारा एकैदिन १७ वटा किङ्गलङ्ग इलेक्ट्रिक भ्यान हस्तान्तरण



काठमाडौं । सीजी मोटर्सले विभिन्न यातायात व्यवसायीहरुलाई एकैपटकमा १७ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको छ।

चौधरी ग्रुप अन्तर्गत सी.जी. मोटर्सले काठमाडौंकाे पानीपोखरीस्थित आफ्नो शोरुमबाट एकैदिन काठमाडौंको विभिन्न रुटहरुमा सेवा दिने गरी विभिन्न यातायात व्यवसायीहरुलाई एकैपटकमा १७ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको हो ।

किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा 50.23 kWh को ब्याट्री पाउन सकिन्छ । यसका साथै उक्त गाडीमा ए.बी.एस., ई.बी.डी., १८० एम.एम. ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टायर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, ए.सि. जस्ता विशेषताहरु पाउन सकिन्छ भने उक्त गाडीलाई २०% बाट ८०% चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ। ग्राहकहरूको माग अनुसार पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ ।

साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ। नेपालभर १८५ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप उतिकै ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुनेछ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १६:१८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।