काठमाडौं । सुनको मूल्य बुधबार घटेकाे छ । आज सुनकाे मूल्य तोलामा ३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको मूल्य हालसम्मकै उच्च हो ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १७३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया