Logo

अर्थ

सेयर बजारमा हालसम्मकै उच्च कारोबार, नेप्से पनि ३००० माथि



काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो ।

आज नेप्से परिसूचक ४३ अंकले बढेर ३०००.८१ अंकमा कायम भएको छ । आज १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने १ को स्थिर रहेकाे छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ९१ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोको ८३ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको ६५ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका लगानीकर्ताले ९.६४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार १५:१९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।