Logo

अर्थ

भदौ महिनाका नबिल बैंकले स्थिर राख्यो ब्याजदर



काठमाडौं । नबिल बैंकले भदौ महिनाका लागि ब्याजदर स्थिर राखेको छ ।

बैंकले भदौका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत, रेमिटेन्सतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

साधारण बचत खातामा बैंकले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म र रेमिटेन्स बचत खातामा ६ प्रतिशत ब्याजदर कायम गरेको छ । यस बैंकको आधारदर ७.६३ प्रतिशत र स्प्रेडदर ३.९९ प्रतिशत छ ।

साउनका लागि पनि बैंकले यही ब्याजदर कायम राखेको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार ११:४७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।