Logo

अर्थ

धितोपत्र ऐन संसोधन विधेयक संसदमा दर्ता

सेयरमा भित्री र जालसाजी कारोबार गर्नेलाई सजाय बढाइँदै



काठमाडौं । धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधि सभामा दर्ता भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालै यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् ।

अर्थमन्त्री पौडेलका अनुसार पुँजी परिचालन तथा पुँजी बजारको विकास, लगानीकताएको हित, संरक्षण एवं नियमन लगायतका कार्यको लागि विधेयक ल्याइएको हो ।

नियामक निकायको रुपमा धितोपत्र ऐन २०६३ बमोजिम स्थापित नेपाल धितोपत्र बोर्डले संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारलाई व्यवस्थित र नियमन लगायतका कार्य गर्दै आइरहेको छ ।

विधेयक ल्याउनुपर्नाको कारणबारे अर्थमन्त्री पौडेलले भनेका छन्, ‘धितोपत्र निष्कासन र व्यवस्थित कारोबार तथा धितोपत्र बजारको प्रभावकारी नियमन गर्न विद्यमान कानुनी व्यवस्थालाई समसामयिक संशोधन गर्न आवश्यक भएकोले … ।’

त्यस्तै प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल सञ्चालनका लागि निवेदन दिनुपर्ने, बोर्डले निवेदनपछि स्वीकृत तथा दिन वा इन्कार गर्न सक्ने व्यवस्थाहरू समेटिएको छ ।

त्यस्तै सेयरको भित्री कारोबार गर्नेलाई हुने दण्ड सजाय बढाइएको छ । हाल यस्तो कारोबारमा दोषी ठहरिएमा बिगो बमोजिम जरिबाना वा एक एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । यो सजाय व्यवस्था नयाँ विधेयकमा बढाएर ३ वर्ष पुर्‍याइएको छ ।

 

 

प्रकाशित मिति : २ भाद्र २०८१, आईतवार १४:२९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।