Logo

अर्थ

चाडपर्वलाई लक्षित गर्दै राष्ट्रिय वाणिज्य बैंककाे सवारी कर्जा सार्वजनिक, १ करोड रुपैयाँसम्म ऋण पाइने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्नका लागि १ करोडसम्म ऋण दिने भएको छ । बैंकले नेपालीहरुको महान चाड तीज, दशैं, तिहार र छठलाई लक्षित गर्दै सवारी कर्जा सार्वजनिक गरेको हो ।

उक्त योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने बैंकले जनाएको छ ।

नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्नेछ । नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकमा अधिकतम १ करोड रुपैयाँसम्मको कर्जा पाइने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार १२:५७   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।