Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, १८ अर्ब ९० करोडको कारोबार



काठमाडौं । बुधबार सेयर बजार सामान्य बढेको छ । सेयर बजार २.११ अंकले बढेर २९६८ को विन्दुमा कायम भएको छ ।

आज १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १ सय कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६६ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार १५:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।