काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकार ‘स्टार्टअप’ व्यापार अघि बढाउन सबै प्रकारको सहयोग गर्न तत्पर रहेको बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजित ‘स्टार्टअप नेसन २०३०’ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सबै सिर्जनशील युवालाई स्टार्टअप व्यापारका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गरे ।
उनले युवालाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्न पनि आग्रह गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको छोटो समयमै जनतामा केही हुन्छ भन्ने आशा जागृत भएको अर्थमन्त्री पौडेलको भनाइ छ ।
उनले अर्थतन्त्रमा विद्यमान समस्या एकेक केलाउँदै, समाधान गर्दै, उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र माग विस्तार, व्यापार घाटाको अन्त्य लगायत गतिविधिबाट अर्थतन्त्र सबल बनाउने बताए । पौडेलले अर्थतन्त्रका केही सूचक सकारात्मक बन्दै गएको पनि बताए ।




















प्रतिक्रिया