काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज सेयर बजार नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४ को विन्दुमा कायम भएको छ ।
आज १३२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ३ को स्थिर रहेकाे छ । आज १९ अर्ब १६ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शाइन रेसुङगा डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोको ४७ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी, नारायणी डेभलपमेन्ट बेंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्री स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ७ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यस बैंकका डिबेञ्चर इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया