काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेकाे छ । आज सुनको मूल्य तोलामा १००० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाला सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएकाे छ ।
शुक्रबार १ लाख ५१ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ८१५ रुपैयाँ किनबेच भएको थियो । तर, आज भने बढेर १ हजार ८५० रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया