काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँचवटा रेमिटेन्स कम्पनीको अनुमति खारेज गरेको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार रेमिट्यान्स कम्पनीहरूको इजाजतपत्र स्वतः खारेज गर्ने सम्बन्धमा सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार स्वत खारेज हुने रेमिट्यान्स कम्पनीहरुमा काठमाडौंको लाजिम्पाटमा कार्यालय रहेको राम्रो रेमिट, काठमाडौंकै गौशालामा रहेको ग्लोबल माउन्टेन रेमिट प्राली, काठमाडौंको दरबारमार्गमा कार्यालय रहेको संसार रेमिट प्राली, काठमाडौंको न्युरोडमा कार्यालय रहेको ललित मनी ट्रान्सफर प्राली र काठमाडौंको अनामनगरमा कार्यालय रहेको म्याक्स मनी ट्रान्सफर प्रालि रहेका छन् ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त यी रेमिट कम्पनीहरू नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उपविनियम (१०० को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्डक (क) र (ग) बमोजिम स्वतः खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा देहायका कम्पनीहरूसँग कुनै व्यक्ति वा संघ–संस्थाले लेनदेन (विष्रेणसँग सम्बन्धि कारोबार मात्र) रकम बाँकी रहेको भए राफसाफ गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यस्तो कारोबार सूचना जारी भएको ३५ दिनभित्र राफसाफ गरिसक्ने र नभएको भए राष्ट्र बैंकलाई जानकारी गराउन समेत बैंकले सूचना जारी गरेको छ ।





















प्रतिक्रिया