Logo

अर्थ

मानुषीको विशेष साधारणसभा सम्पन्न



काठमाडौं । मानुषी लघुवित्तको शुक्रबार विशेष साधारणसभा सम्पन्न भएको छ । सभाको मुख्य एजेन्डा डिमर्ज रहेको थियो । सभामा प्रस्तुत गरिएको श्रीजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

यसले श्रीजनशील लघुवित्तसँग मर्ज गर्ने भनेर अघिल्लो आर्थिक वर्षमा नै सम्पूर्ण प्रक्रिया पूरा गरेको थियो । विशेष कारणबस उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सभामा गराएको थियो । संस्था र संस्थाका सम्पूर्ण लगानीकर्ताको हितका लागि यसो गरिएको संस्थाकी कार्यकारी प्रमुखले बताइन ।

मर्जरको उक्त योजना कार्यान्वयन हुन नसकेपछि अर्को उपयुक्त लघुवित्तको खोजी गरी मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । गत साता मात्रै संस्थाले नाफामा गएको वित्तीय विवरण प्रकाशित गरेको थियो ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन् । संस्थाको सेयर पुँजी १० करोड ९३ लाख७५ हजार रहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आईतवार ११:५२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।