Logo

अर्थ

नाडा अटो सोमा एमएडब्लूले दिपल एल०७ का दुई मोडल सार्वजनिक गर्ने



काठमाडाैं । चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले यो वर्षको नाडा अटो सो मा दिपल एल०७ इलेक्ट्रिक सेडानको सार्वजनिक गर्ने भएको छ । सो मा एमएडब्लू वृद्धिले दिपल एल०७ बाहेक अरू नयाँ ईभी मोडेल प्रदर्शन गर्ने जनाएको छ ।

दिपल एल०७ ले एस०७ले स्थापित गरेको ड्राइभिङ अनुभवको मापदण्डलाई अझै माथि पुर्‍याउने विश्वास चांगानले लिएको छ ।

अघिल्लो सिब्लिंगमा जस्तो नयाँ एल०७ मा पनि वेलकम सिट, एआर एचयुडी, जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन जस्ता इनोभेटिभ फिचरहरूका साथै ५४० किलोमिटरको आकर्षक रेन्ज पनि दिन्छ । चांगान नेपालले यो इलेक्ट्रिक सेडानले दर्शकको ध्यान तान्ने अपेक्षा गरेको छ ।

एमएडब्लू वृद्धिले सार्वजनिक नगरेको ‘गोप्य मोडल’लाई नाडा अटो सोको पहिलो दिन सार्वजनिक गरिने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आईतवार १३:३८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।