Logo

अर्थ

‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’ योजना सार्वजनिक, ५ लाखसम्मको छुट



काठमाडौं । होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’ नामक उपहार योजना लिएर आएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि कारको खरिदमा रु ५००,००० सम्मको नगद छुटका साथै २ वर्षका लागि गाडीको बीमा र नि:शुल्क करका साथै र ५ वर्षसम्म गाडीको सर्भिसिङको सुविधा पनि नि:शुल्क पाउने छन् ।

ग्राहकहरूलाई सजिलो फाइनान्सको सुविधा दिनको निम्ति होन्डाको कार खरिद गर्दा आकर्षक ब्याजदर का साथ २०% सम्मको डाउन पेमेन्ट उपलब्ध गराइरहेको छ । कम्पनीले फ्री एसेसरिज र स्पट एक्सचेन्जको सुविधा पनि उपलब्ध गराउनेछ ।

यसका साथै होन्डाले आफ्नो ग्राहकहरूलाई रोडसाइड एसिस्टेन्सको सुविधा साथै २ वर्ष अथवा कार एक लाख किलोमिटर चलाएसम्म वारेन्टी दिनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आईतवार १७:१०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।