Logo

नेपाल प्रहरीमा खुल्यो जागिर, कहाँ र कहिले फारम भर्ने ? 



काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा दरबन्दीको लागी दरखास्त आव्हान गरेको छ । हाल रिक्त रहेका कार्यालय सहयोगीदेखि कुचिकारसम्म गरेर ३ सय ५० जनाको संख्यामा दरखास्त आव्हान गरेको हो ।

यसरी दरखास्त आव्हान गरिएकोमा भान्छेतर्फ २ सय ६१ जना, कुचिकारतर्फ ५० जना, सिलाई र बुनाईतर्फ १५ जना, खेलाडीतर्फ १५ जना, हजामतर्फ १० जना र माली तथा बगैंचेतर्फ ९ जनाका लागि रहेको छ । 

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग, भर्ना छनोट महाशाखाले प्रकाशित गरेको सूचना अनुसार प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ । 

नयाँ भर्ना हुन इच्छुक नेपाली नागरिकहरुले मंसिर २ गतेदेखि पुस ६ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।  

उक्त भर्ना सम्बन्धी विज्ञापन, दरखास्त फाराम र पाठ्यक्रम लगायत विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ । भर्ना सम्बन्धी थप जानकारी आवश्यक परेमा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग, भर्ना छनोट महाशाखाको फोन नम्बरमा सम्पर्क राख्न सकिने समेत सो महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार ११:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।