Logo

अर्थ

क्लासिक टेकको चाडपर्व लक्षित ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक



काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले चाडपर्वको अवसरमा ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक गरेको छ ।

अफरअनुसार ग्राहकले वार्षिक अफरको आधा मूल्य तिरेर ६ महिनासम्म इन्टरनेट र टीभी जडान गर्न सक्ने छन् । ६ महिनापछि पनि सोही प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले जनाएको छ ।

जडान खर्च निःशुल्क रहेको छ । राउटर र आईपी टीभीका लागि ५/५ सय रुपैयाँ डिपोजिट राख्नुपर्ने छ भने १३ प्रतिशत भ्याट थप लाग्ने छ ।

यो अफर दशैँ, तिहार र छठ पर्वसम्म लागु हुने र पुरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार १०:४९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।