Logo

अर्थ

आँखुखोला जलविद्युतकाे लिलामी सेयरमा आवेदन खुल्यो



काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीको हकप्रद निष्कासनका क्रममा बिक्री नभएको १७ लाख ५० हजार २४८ कित्ता साधारण सेयर लिलामी बिक्रीमा खुलेको छ ।

आज शुक्रबारदेखि यस कम्पनीको सेयरमा मूल्य बढाबढ बोलकबोलमार्फत आवेदन दिन सकिनेछ । बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार असोज २० गतेसम्म यसमा आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको बजार मूल्य प्रतिकित्ता १९५ रुपैयाँ छ ।

सार्वजनिक सूचनाअनुसार न्यूनतम १०० कित्ता तथा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । नबिल इन्भेस्टमेन्ट बैंकको नक्साल कार्यालय तथा नबिल बैंकका शाखा कार्यालयहरु बिर्तामोड, वीरगन्ज, हेटौंडा, जावलाखेल, पोखरा (लेकसाइड), नेपालगञ्ज, सुर्खेत (बराहताल) तथा धनगढी शाखाबाट आवेदन दिन पाइनेछ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १२:०१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।